KhabarUjyalo

स्कटल्यान्डमाथि नेपालको शानदार जित

२४ पुष २०८०, मंगलवार
स्कटल्यान्डमाथि नेपालको शानदार जित

काठमाडौं : विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको १९ वर्ष मुनिको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको छ।

 

 

अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो। जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ दशमलव २ ओभरमा १४९ रनमा अलआउट भयो।​

स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए। नेपालका तिलक राजभण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए।

त्यसअघि नेपाल ४९ दशमलव २ ओभरमा २८४ रनमा अल आउट भएको थियो।

गुलशन झाले ११५ बलमा ११४ रनको शतकिय इनिङ्स खेले। दीपक बोहरा ५४ बलमा ५८ रनमा अविजित रहे।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo