KhabarUjyalo

माइतीघरबाट डा. गोबिन्द केसीसहित ७ जना पक्राउ

२१ पुष २०८०, शनिबार
माइतीघरबाट डा. गोबिन्द केसीसहित ७ जना पक्राउ

काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा.गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार काठमाडौँको माइतीघरमा  सशस्त्र द्वन्द्वका पीडितलाई न्याय एवम् सम्पूर्ण नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखेर आन्दोलनमा उत्रिएका डा.केसीसहितका प्रदर्शनकारी पक्राउ परेको डा.केसी निकट संजिव कार्कीले जनाएका छन् ।

शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दवावमुलुक कार्यक्रम आयोजना गरेको थियो । सोही अभियानमा सहभागी भएका डा.केसीसहित पुकार बम, शशीविक्रम कार्की लगायतका प्रदर्शनकारी पक्राउ परेका हुन् ।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo