KhabarUjyalo

सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

January 5, 2024
सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं: सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ।

शुक्रवार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। इन्स्पेक्टर र असईमा अनलाइन आवेदन दिएकाहरूले फागुन २ गतेभित्र तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ। विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले भने माघ २४ गतेभित्रै तोकेको कार्यालयमा उपस्थिति हुनुपर्ने छ।

sashastra

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo