KhabarUjyalo

रेलमा राष्ट्रपति रनिङ शिल्ड सुरु !

January 3, 2024
रेलमा राष्ट्रपति रनिङ शिल्ड सुरु !

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ रेलस्थित सीताराम माविमा पालिकास्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद दुई दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन बुधबार प्रदेश सभा सदस्य सरस्वती खड्काले गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्ड, ट्रफी र प्रमाणपत्र पाउने गाउँपालिकाले जनाएको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo