KhabarUjyalo

अनुमति नलिई कर्मचारीले बिदामा बसे तलब काटिने !

January 3, 2024
अनुमति नलिई कर्मचारीले बिदामा बसे तलब काटिने !

डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिकाले अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने भएको छ ।

पालिकाले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहने कर्मचारीको तलब कटौती गर्ने जनाएको हो ।

कुनै पनि कर्मचारी अनुमति बेगर कार्यालयमा अनुपस्थित रहेको पाइएमा तलब कटौती गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिएका छन ।

गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिनै बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक कटौती गरिने उनले बताए ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo