काठमाडौं। नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्यमा वरिष्ठ ई. रतन ऐर नियुक्त भएका छन् ।
मन्त्रिस्तरीय निर्णयले वरिष्ठ ई. रतन ऐरलाई नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
बोर्ड सदस्यमावरिष्ठ ई. रतन ऐरलाई इन्जिनियरतर्फ विद्युत क्षेत्रको विज्ञबाट ऐरलाई ४ वर्षका लागि नियुक्त भएका हुन् ।
प्राधिकरणको बोर्डमा ५ सदस्यीय समिति रहन्छ । ऊर्जा मन्त्री बोर्डको अध्यक्ष हुने व्यवस्था छ।
विद्युत क्षेत्रमा लामो समय इन्जिनियर भएर काम गरेका थिए । वरिष्ठ ई. रतन ऐरको घर अमरगढी नगरपालिका–४ डडेल्धुरा हो ।
