KhabarUjyalo

कैलालीको घोडाघोडी नगपालिकामा प्रथम ‘वडाअध्यक्ष कप फुटबल’ प्रतियोगिता हुँदै

१६ माघ २०७९, सोमबार
कैलालीको घोडाघोडी नगपालिकामा प्रथम ‘वडाअध्यक्ष कप फुटबल’ प्रतियोगिता हुँदै

धनगढी  । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा ‘प्रथम वडाअध्यक्ष कप फुटबल’ प्रतियोगिता हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा युवा वर्गको स्फूर्ति बढाउनुको लागि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता २०७९ हुन लागेको हो । प्रथम वडाअध्यक्ष कप फुटबल तदर्थ समितिको आयोजना तथा वडा नम्बर १ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यही माघ १९ गतेदेखी २१ गते सम्म प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रतियोगितामा वडा न १ भित्र पर्ने टोलहरू तथा युवा क्लबहरूको टिम सहभागिता रहने तदर्थ समितिका अध्यक्ष कृष्ण खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद १० हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी गराए । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत रहेको कृष्ण खत्रीले जानकारी दिए ।

माघ १९ गतेबाट चल्ने प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने तदर्थ समितिका सचिव धर्मभद्र विष्टले बताए । यसैबिच प्रतियोगिताको तयारीलाई तीव्र पारेको उनले बताए । प्रतियोगितामा सहभागिताका लागि इच्छुक सबै टोल तथा युवा क्लबहरूले माघ १८ गते सम्ममा टिम दर्ता गर्न समितिले आग्रह गरेको छ । टिम दर्ता निःशुल्क रहेको र खेल राष्ट्रिय माध्यामिक विद्यालयको खेल मैदानमा खेलाइने बताईएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo