KhabarUjyalo

केपी ओली कप फागुनमा !

१० माघ २०७९, मंगलवार
केपी ओली कप फागुनमा !

काठमाडौ :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ ।

फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।

युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo