KhabarUjyalo

‘फिक्सिङ’ प्रकरणमा तानिए सुदूरका क्रिकेटर अर्जुन साउद

१० माघ २०७९, मंगलवार
‘फिक्सिङ’ प्रकरणमा तानिए सुदूरका क्रिकेटर अर्जुन साउद


काठमाडौं । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुर्इ क्रिकेटर प्रकाउ  परिसकेका छन् ।

अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका थिए । सुदूरपश्चिम प्रदेशका उनले नेपालबाट एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् ।

“अर्जुनमाथि सीआईबीले अनुसन्धान थालेको हामीलाई जानकारी छ । तर, उहाँलाई पक्राउ गरे/नगरेको, अभियोग लगाए/नलगाएको जानकारी छैन,” क्यान उच्च स्रोतले बाह्रखरीसित भन्यो, “उहाँको भूमिका शंकास्पद देखिएको थियो भनेर हामीलाई प्रहरीले जानकारी गराएको थियो ।”

प्रतियोगिता जारी रहेकै बेला क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायत विभिन्न निकायले अनुसन्धान थालेका थिए । सीआईबीको अनुसन्धानमा खेलाडी र विभिन्न क्लबको व्यवस्थापकीय भूमिकामा रहेका १० जनाको स्पट फिक्सिङमा प्रत्यक्ष संलग्नता देखिएको खुलेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo