KhabarUjyalo

सामाजिक सञ्जाल तथा टिकटकमा सुदूरका गायक पेलाको गजल गित ‘के लत बस्यो…’ चर्चामा !

३ माघ २०७९, मंगलवार
सामाजिक सञ्जाल तथा टिकटकमा सुदूरका गायक पेलाको गजल गित ‘के लत बस्यो…’ चर्चामा !

धनगढी : शास्त्रीय संगीकार तथा गायक तिलकसिंह पेलाको ‘के लत बस्यो’ बोलको नयाँ गजल गीतले चर्चा बटुलिरहेको छ । बिहीबार उनको आधिकारिक युट्युब च्यानलबाट ‘के लत बस्यो…’ गजल सार्वजनिक भएको हो।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेका सुदूरपश्चिमको बैतडीमा जन्मिएका पेलाले नेपाली संगीत क्षेत्रका सिद्धहस्त स्रष्टा मानिन्छन् । उनीसँग संगीत सिकेका थुप्रै कलाकारहरूले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरका प्रतिष्पर्धाहरुमा समेत चर्चा बटुलेका छन् ।

उनको उक्त गीत सामाजिक सञ्जाल तथा टिकटकमा समेत प्रशंसा बटुलिरहेको छ । डा. प्रदीप मैनालीले लेखेको उक्त गजलमा पेलाले मिठो स्वर र संगीत भरेका छन्। गजललाई रिदम कँडेलले संयोजन गरेका हुन्।

शब्द, संगीत र गायनको संयोजन प्रसंसा योग्य छ । धर्म गन्धर्वको सांरगी, जगन्नाथ धौगोडाको तवला र नगेन्द्र बिक्रम राईले बासुरी बादन गरेका छन् । पियानो रिदम कँडेलले बजाएका छन् । गजलको मिक्सिङ्ग महेश्वरमान राजभण्डारीले गरेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo