KhabarUjyalo

रक गायक धनगढीका चेतनको ‘खोई’ सार्बजनिक (भिडियो)

१७ पुष २०७९, आईतवार
रक गायक धनगढीका चेतनको ‘खोई’ सार्बजनिक (भिडियो)


धनगढी, पुस १७ । रक संगीतमा संघर्षरत गायक धनगढीका चेतन शाही ठकुरीको खोई बोलको गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर रक म्युजिकमा स्ट्रगलिङ आरटिष्ट चेतनको नयाँ गीत सार्वजनिक गरिएको हो ।
चेतनको रचना संगीत र स्वर रहेको रक शैलीको गीतको म्युजिक भिडियोलाई सिएसटी भोकल्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायक चेतनकै बुबा गोपाल शाही र बिष्ना शाहीले निर्माण गरेको म्युजिक भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका छन् ।
गीतको म्युजिक भिडियो पुरै आफ्नै सेट लगाएर छायाँकन गरिएको छ । ब्रोकन एग्स स्टुडियोले अडियो भिडियो निर्माण गरेको हो । गीतमा बरिष्ठ गितारिष्ट सरद श्रेष्ठले गीतार, जेसन अवालेले ड्रममा साथ दिएका छन् । प्रदीप वडु व्यवस्थापक रहेको गीतको मिडिया संयोजक दिनेश भण्डारी रहेका छन् ।
युवा माझ निकै लोकप्रिय रहेको रक शैलीको खोई बोलको गीत स्रोता र दर्शकले रुचाउनेमा गायक चेतन शाही ठकुरी आशावादी रहेका छन् । उनले यसअघि पनि आधा दर्शन बढी गीतहरु बजारमा ल्याईसकेका छन् भने उनका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।
गीतको लिंकः

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo