काठमाडौँ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । यस खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । पहिलो क्वाटरफाइनलमा बीवाई एस सी युएसएलाई हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।