KhabarUjyalo

‘द भ्वाइस किड्स’ को फिनालेमा बाजुराका ९ बर्षिय सुप्रीम मल्लको धमाका, भोटको अपिल !

३० पुष २०७८, शुक्रबार
‘द भ्वाइस किड्स’ को फिनालेमा बाजुराका ९ बर्षिय सुप्रीम मल्लको धमाका, भोटको अपिल !

धनगढी : बाजुराका ९ बर्षिय सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को फिनालेमा दमदार प्रस्तुति दिएका छन् । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ को फिनालीमा दमदार प्रस्तुति दिदै विजेताको प्रतिस्पर्धामा छन् ।

शुक्रवार भएको फिनालेमा पश्चिम भाकाको गायक अमृत गुरुङको ‘झल्काईदेउ झल्काईदेउ गलैको कम्पनी माला झल्काईदेउ’ नेपथ्य गित गाएर कोच, दर्शकलाई उत्साहित बनाएका थिए । भने दर्शकको ठूलो स्वरमा हुटिङ्गको वर्षा भएको थियो । यस्तै मल्ल राजाको ड्रेसमा गित प्रस्तुत गरेका थिए भने पश्चिम कै भेषभुषाको कोरोग्राफी गरिएको थियो ।

शनिबार राजु लामाको टिमलाई छनोट गरेका मल्ल द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जितेका थिए ।

उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत प्रतिभा देखाउदै दर्शकको मन जित्न सफल भएका छन् । भने अहिले युट्युवमा लाइभ दोहोरो गित टेन्डिङ्गमा पुगेका छन् ।

भोलि हुने ‘द भ्वाइस किड्स नेपाल’ को फाइनलमा उनलाई जिताउन भोटिङको अपिल गरेका छन् । उनलाई भोटिङ्ग गर्न खल्ती एप खोल्नुहोस,भोटिङमा क्लिक गर्नुहोस त्यसपछी VOTE NOW मा क्लिक गर्नुहोस, कोच राजुमा थिच्नुहोस र त्यसपछी आउने ६ ओटा फोटो मध्य अन्तिम फोटो सुप्रीम मल्ल ठकुरीमा क्लिक गरेर आफुले चाहेजती भोट गर्न सकिन्छ । सुप्रीम मल्ललाई शनिबार राती ९ बजेसम्म भोट गर्न सकिनेछ ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिजनमा भोली ८ बजे फाइनल प्रसारण हुनेछ । भने द भ्वाइस अफ नेपाल’ को युट्युब च्यानलबाट पनि प्रसारण हुने गर्दछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo