KhabarUjyalo

रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्रीमा पारस बाहुनको उम्मेदवारी घोषणा !

२९ जेष्ठ २०८३, शुक्रबार
रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्रीमा पारस बाहुनको उम्मेदवारी घोषणा !

धनगढी :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश महामन्त्री पदका लागि पारस बाहुनले उम्मेदवारी घोषणा गरेका छन्।

असार १ गते हुने रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

पारस बाहुन यसअघि रास्वपाको डडेल्धुरा जिल्ला सभापतिको जिम्मेवारी हुदै पार्टीको प्रदेश महामन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्। पार्टी स्थापनादेखि संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका बाहुनले सुदूरपश्चिममा पार्टीलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म आयोजना हुँदैछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo