KhabarUjyalo

महालेखा भन्छ; औचित्यपूर्ण छैन, अध्यक्ष सचिवालय भन्छ; सेवा प्रवाह गर्न खरिद गरे !

२६ जेष्ठ २०८३, मंगलवार
महालेखा भन्छ; औचित्यपूर्ण छैन, अध्यक्ष सचिवालय भन्छ; सेवा प्रवाह गर्न खरिद गरे !

डडेल्धुरा — महालेखा परीक्षकको आठौँ प्रतिवेदनमा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की र वडा नं. ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चक्रबहादुर देउवाका लागि नियमविपरीत रूपमा महँगो मोबाइल खरिद गरिएको उल्लेख भएपछि गाउँपालिकाको अध्यक्ष सचिवालयले त्यसबारे स्पष्टीकरण दिएको छ।
सचिवालयले जारी गरेको स्पष्टीकरणमा पालिका अध्यक्ष तथा वडाध्यक्षहरू २४ सै घण्टा नागरिकसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्पर्कमा रही सेवा प्रवाह गर्नुपर्ने जिम्मेवारीमा रहने भएकाले स्मार्ट मोबाइल खरिद गरिएको जनाएको छ।

महालेखापरीक्षकको कार्यालयकको वार्षिक प्रतिवेदन अनुसार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका लागि एप्पल आईफोन १६ प्रो म्याक्स २५६ जीबी तथा चार्जरलगायतका सामग्री खरिद गर्न २ लाख ८ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता चक्रबहादुर देउवाका लागि इन्फिनिक्स जिरो–३० मोबाइल सेट ५० हजार ८५० रुपैयाँमा खरिद गरिएको पाइएको छ।

प्रतिवेदन २०८३ अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ मा राजनीतिक पदाधिकारीका लागि निजी प्रयोगमा आउने मोबाइल फोन, ट्याब्लेट तथा अन्य विद्युतीय उपकरण खरिद गर्न पाउने व्यवस्था छैन। तर गाउँपालिकाका अध्यक्ष र ३ नम्बरका वडाध्यक्ष व्यक्तिगत प्रयोजनमा प्रयोग हुने उपकरण खरिद गरी वितरण गर्नु औचित्यपूर्ण नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको थियो।

 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo