KhabarUjyalo

अत्तरियामा थ्रि-स्टार स्तरको ‘होटल जङ्गल स्पा’ नयाँ बर्षमा सञ्चालनमा आउँदै !

२४ चैत्र २०८२, मंगलवार
अत्तरियामा थ्रि-स्टार स्तरको ‘होटल जङ्गल स्पा’ नयाँ बर्षमा सञ्चालनमा आउँदै !

अत्तरिया: कैलालीको अत्तरिया मा थ्रि-स्टार स्तरको ‘होटल जङ्गल स्पा’ सञ्चालनमा आउने तयारी गरिएको छ। अत्तरिया–गोदावरी रोडमा अवस्थित उक्त होटल आगामी नयाँ वर्षदेखि सञ्चालनमा ल्याइने तयारी भइरहेको सञ्चालकले जनाएका छन्।
होटलका सञ्चालक विजय सिंह धामीका अनुसार लामो समयको प्रतिक्षापछि अत्तरिया क्षेत्रकै उत्कृष्ट होटलको रूपमा स्थापित गर्ने लक्ष्यसहित यो परियोजना अघि बढाइएको हो।

आधुनिक सुविधा, स्तरीय सेवा तथा आकर्षक संरचनासहित निर्माण गरिएको होटलमा ३२ वटा सुसज्जित कोठा रहनेछन् भने करिब ४० जनालाई रोजगारी प्रदान गरिने बताइएको छ।
होटलमा रेस्टुरेन्ट, बैंक्वेट हल, रूफटप रेस्टुरेन्ट तथा बार लगायतका सुविधा पनि रहनेछन्। साथै, अत्तरिया आसपासका सुन्दर दृश्य अवलोकन गर्दै बस्न सकिने विशेष व्यवस्था गरिएको छ।
होटल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाइ बन्ने विश्वास गरिएको छ। यसले सुदूरपश्चिम प्रदेश को पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Tags:

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo