KhabarUjyalo

पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै मेलम्चीवासीले च्यातिदिए अनेरास्ववियुको ब्यानर

४ असार २०७८, शुक्रबार
पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै मेलम्चीवासीले च्यातिदिए अनेरास्ववियुको ब्यानर

सिन्धुपाल्चाेक । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण थालेपछि झडप भएको छ ।

पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको हो । झडपकका क्रममा स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo