५ असार २०७८, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल

२७ जेष्ठ २०७८, बिहीबार
राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो ।

पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका बेला नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले मुलुकको पछिल्लो रानीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको हो । ओलीको संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीले जेठ ७ गते अनुमोदन गर्नु भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo