५ असार २०७८, शनिबार

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

२७ जेष्ठ २०७८, बिहीबार
बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

काठमाण्डाै – बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ ।  

प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ ।  बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड साेसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्क्रमण दर गएकाे फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो । गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ ।

बेलायतमा ६ करोड ९२ लाख ५१ हजारभन्दा बढी डोज खोप वितरण भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo