५ असार २०७८, शनिबार

डिलाशैनी नेपाली कांग्रेसद्वारा ५ सदस्यीय योजना अनुगमन समिति गठन

२६ जेष्ठ २०७८, बुधबार
डिलाशैनी नेपाली कांग्रेसद्वारा ५ सदस्यीय  योजना अनुगमन समिति गठन

बैतडी : नेपाली काङ्ग्रेस डिलासैनि गाउँपालिका भित्र रहेका योजनाहरुको अनुगमनको लागि पार्टीको तर्फबाट भष्ट्राचार न्यूनीकरण एबम् दिगो विकासको लागि ०७ नम्बर वडामा कांग्रेसले पाँच सदस्य कार्यसमिति बनाएको छ।
त्यसैगरी गाउँपालिका भरी नै  योजनाहरुको अनुगमनको लागि कार्यसमिति बनाउने पनि आजको निर्णय गरेको छ। आज विस्तार भएको कार्यसमितिको संयोजक केशव दत्त जोशी,मानबहादुर धामी सदस्य,कर्ण बहादुर ऐर सदस्य,रघुवीर कार्की सदस्य,केशव राज जोशी सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बैतडी का आमन्त्रित जिल्ला सदस्य जयराज जोशीले दिगो विकास र भ्रष्ट्राचार न्यूनीकरणका लागि सशक्त रूपमा अगाडि बढ्ने धारणा व्यक्त गर्नु भयो ।
र सरकारले गरिरहेको विकासको नाममा अनियमितता, भष्ट्राचार का विरुद्ध सशक्त रुपमा अगाडि बढ्ने, वडा एबम् गाउँपालिकामा भइरहेको विभिन्न योजनाको अनुगमन गर्ने , आम नागरिकले बुझ्ने गरेर नागरिकको बीचमा लाग्ने,र डिलासैनीमा भएको अनियमितता को बिरुद्ध मा सशक्त रूपमा आवाज उठाउने,  नेपाली कांग्रेसले प्रतिपक्षीको  भूमिका निभाउने ,गाउटोलमा भइरहेको भष्ट्राचार को बिरुद्ध सशक्त आवाज उठाउन नेपाली काँग्रेसका आम युवा तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ,। साथै यस डिलासैनी गाउँपालिका भित्र कोरोना महामारीले प्रभाववित नागरिक हरूकाे  सत्यतथ्य विवरण संकलन गरेर सहयोगको लागि सरकारसँग पहल गर्ने कुरामा समेत जोशीले प्रतिबद्धता जनाउनु  भएको छ ।

जनता कोरोना महामारीले मारिरहेको बेला सरकार मौन बसेर भष्ट्राचार गर्न मा ब्यस्त रहेको जोशीले आरोप लगाएका छन्।
यस्तै नेपाली कांग्रेस डिलासैनी ०७ नम्बर वडा कार्यसमितिको हिजो बसेको बैठकले डिलासैनी गाउँपालिका ०७ नम्बर वडामा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत दस शैयाको अस्पताल निर्माणको लागि टेण्डर भइसकेको अस्पताल निर्माणको लागि निर्माण स्थल ०७ नम्बर भित्र पर्ने वनल्वा भन्ने ठाउँमा भएको टेण्डर उपयुक्त स्थानमा नभई समग्र वडा एबम् गाउँपालिका को पायक पर्ने ठाउँ नभएको र अस्पताल निर्माण भइसकेपश्चात थप अस्पताललाई निर्माण गर्नको लागि उपयुक्त स्थान नभएकोले त्यो निर्णय तत्काल खारेज गरी  ७नम्बर वडा भित्र पर्ने उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन सबै तहका सरकारसँग आग्रह गरेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo