५ असार २०७८, शनिबार

धनगढी उपमहानगरपालिकाको कमजोर ब्यवस्थापन, खोप केन्द्रबाट संक्रमण बढ्ने त्रास !

२६ जेष्ठ २०७८, बुधबार
धनगढी उपमहानगरपालिकाको कमजोर ब्यवस्थापन, खोप केन्द्रबाट संक्रमण बढ्ने त्रास !

धनगढी : धनगढी उपमहानगरपालिकाको कमजोरीका कारण धनगढीमा कोरोराविरुद्वको खोप लगाउदा मानिसको भिडभाडले स्थानीयस्तरमा कोरोना संक्रमण बढने स्थानीयमा त्रास बढेको छ । देशभर कोरोनाविरुद्वको खोप अभियान अन्तर्गत २५ गतेदेखि २७ गतेसम्म धनगढी उपमहानगरपालिकाका ५ स्थानमा भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई खोप लगाउदा सतर्कता नपनाउदा ब्यक्तिमा कोरोना संक्रमण हुने डर थपेको छ ।  

जिम्मेवार निकाय धनगढी उपमहानगरपालिकाले खोप लगाउदा सतर्कता नपनाउदा कोरोना संक्रमण टोलमा फैलिने हो कि ? भनेर स्थानियमा चिन्ता बढेको छ । खोप केन्दमा न लाइन,न स्वास्थ्य सुरक्षा सामाग्री न सामाजिक दुरि नै छ । प्रशासनले लगाएको निषेधाज्ञा ठाडै उलंघन गरेको छ ।

धनगढी उपमहानगरपालिका ३ का जगतराम चौधरी बुधबार धनगढी उपमहानगरपालिकाले तोकेको केन्द्रमा दिउसो खोप लगाउन खोप केन्द्र पुगे । तर त्यहाँको भिड हेर्दा उनलाई अचम्म परे । सामाजिक दुरि,कम भिड हुनु पर्नेमा हुलका हुल मान्छेको भिडले उनमा मनमा ठूलो चिन्ता भयो टोलटोलमा कोरोना संक्रमण बढ्ने भनेर।

खोप लगाउदा अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउने, स्यानिटाइजर हुनु पर्नेमा धनगढी उपमहानगरपालिकाले कुनै पनि ब्यबस्थापन गरेको देखिदैन ।
स्थानीयवासीले धनगढी उपमहानगरपालिकाको नियमकानुन धव्जी उडाएको बताएका छन् भने यसबाट नागरिकको जीवन तलमाथि भए जिम्मेवारी कसले लिने भनेर पनि प्रश्न गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo