५ असार २०७८, शनिबार

अब स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख जरिवानासहित ४ वर्ष जेल

१९ जेष्ठ २०७८, बुधबार
अब स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख जरिवानासहित ४ वर्ष जेल

काठमाडौं । अब स्वास्थ्यकर्मीमाथि आक्रमण गरिए कडाभन्दा कडा कारवाहीसहित जरिवाना तिराइने भएको छ ।

सरकारले ल्याउन लागेको स्वास्थ्यसम्बन्धी अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको खण्डमा २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघत पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय गरिने भनिएको छ ।

अहिले प्रचलनमा रहेको ऐनमा स्वास्थ्यकर्मीमाथि हातपात, स्वास्थ्य संस्था तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ ।

  • 225
    Shares
  •  
    225
    Shares
  • 225
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo