KhabarUjyalo

तीन वर्षमा पौने ८ खर्ब रुपैयाँ ऋण,सरकारले फेरि साढे पाँच खर्ब लिने

१६ जेष्ठ २०७८, आईतवार
तीन वर्षमा पौने ८ खर्ब रुपैयाँ ऋण,सरकारले फेरि साढे पाँच खर्ब लिने

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि सरकारले पौने आठ खर्ब रुपैयाँ ऋण लिएको छ । ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन २०७४ मा नेपालकाे सार्वजनिक ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा त्यसको तीन वर्षपछि २०७७ फागुनमा बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

ऋण बढाएको तर उल्लेख्य विकास निर्माण नभएको भनेर आलोचना भइरहेका बेला सरकारले आउँदो आर्थिक वर्षका लागि पनि साढे पाँच खर्ब रुपैयाँ लिन लिने गरी बजेट सार्वजनिक गरेको छ । 

आउँदो वर्षका लागि विनियोजन भएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटको स्रोत जुटाउन सरकारले साढे पाँच खर्ब रुपैयाँ ऋण लिने भएको छ । राजस्व र वैदेशिक अनुदानबाट अपुग पाँच खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ र आन्तरिकतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने बजेटमा उल्लेख छ ।

सरकाले आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ कराेड रुपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo