KhabarUjyalo

२ हजार रुपैयाँ बढेपछि कुन सरकारी कर्मचारीको तलब कति ?

१६ जेष्ठ २०७८, आईतवार
२ हजार रुपैयाँ बढेपछि कुन सरकारी कर्मचारीको तलब कति ?

काठमाण्डाै – सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ ।

दुई हजार रुपैयाँका दरले तलब बढेसँगै मुख्यसचिवको तलब ६७ हजार एक सय ३३ रुपैयाँ पुगेको छ । यस्तै सरकारका सचिवको तलब ६२ हजार ६ सय ७५, सहसचिवको ४९ हजार तीन सय ७७ र उपसचिवको ४२ हजार तीन सय ७७ रुपैयाँ पुगेको छ ।

यस्तै अधिकृतको तलब ३७ हजार नौ सय ९९, नायब सुब्बाको ३० हजार दुई सय, खरिदारको २८ हजार ६ सय चार र कार्यालय सहयोगीको तलब २४ हजार आठ रुपैयाँ पुगेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo