५ असार २०७८, शनिबार

नवजीवन सहकारी संस्थाको नयाँ शाखा चौमालामा !

११ बैशाख २०७८, शनिबार
नवजीवन सहकारी संस्थाको नयाँ शाखा चौमालामा !

धनगढी : चौमाला बजारमा नवजीवन सहकारी संस्थाको नयाँ शाखा बिस्तार गरिएको छ । शनिबार एक कार्यक्रमका बिच सहकारी संस्थाका उपाध्यक्ष डा.गोबिन्द राज जोशी र गौरीगंगा नगरपालिका १ का वडाध्यक्ष जगतराम चौधरीले सयुक्त रुपमा उत्त शाखाको उद्घाटन गरेका हुन् ।

उत्त उद्घाटन कार्यक्रममा नवजीवन सहकारी संस्थाका संचालक समितिका सदस्य देव बहादुर बम,केशव मिश्र,गोपाल राज पाठक र संस्थाका महाप्रबन्धक डम्बरसिंह गुरुको उपस्तिथि रहेको थियो ।

यस्तै एकाई कमिटी सदस्य दिनेश राज जोशी,तारा बोहरा,डम्बरी कुमारी दियाकोटी,चौमाला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मीन ढुंगाना,जनप्रतिनिधि लगायत स्थानीयहरुको सहभागीता रहेको चौमाला सेवा केन्द्रका प्रमुख मोहन चटौतले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा चौमाला सेवा केन्द्रका प्रमुख मोहन चटौतले नयाँ शाखामा सहभागीहरुलाई स्वागत गरेका थिए ।

२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था चौमाला शाखा नवौं शाखा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo