५ असार २०७८, शनिबार

धनगढीको चटकपुरमा ७ करोडको लगानीमा बिबि मार्ट प्रालिको चौथो शाखा सञ्चालनमा !

८ बैशाख २०७८, बुधबार
धनगढीको चटकपुरमा ७ करोडको लगानीमा बिबि मार्ट प्रालिको चौथो शाखा सञ्चालनमा !

धनगढी : कञ्चनपुरको महेन्द्रनगर,झलारी र कैलाली अत्तरियापछि ठुलो लगानीमा धनगढीको चटकपुरमा बिबि मार्ट प्रालिको चौथो शाखा सञ्चालनमा आएको छ ।

बुधबार एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मार्टको उद्धघाटन गरे । हरिश चटौत, दिपेन्द्र ऐर, लोकेन्द्र जोशी, केशव अवस्थी, प्रकाश खड्का, रामसिंह विष्ट र हिमालयसिंह ऐरको सयुक्त लगानीमा मार्ट सञ्चालन गरिएको हो ।

बिबि मार्ट प्रालिका कार्यकारी प्रमुख दिपेन्द्र ऐरका अनुसार ७ करोड लगानीमा पार्किङ ब्यवस्थासहित दैनिक उपभोग्य सामग्रीसहित किचन वेयर, रेडिमेट, लत्ताकपडा, चप्पल, जुत्ता र इलेक्ट्रोनिक्सका स्वदेशी उत्पादन र विदेशी ब्राण्डका सामग्रीका साथै कफी हाउससहित एउटै छानोमुनि ग्राहकको रोजाईअनुसार खरिद गर्न सकिने व्यवस्थासहितको रहेको बताए ।

एउटै छानामा ग्राहकले उचित समयमा उचित मुल्यको बस्तु प्रदान गर्ने संस्थाको उदेश्य रहेको दिपेन्द्र ऐरले बताए । मुख्यतय ग्राहकलाई सन्तुष्टि पार्ने र ग्राहकका गुनासालाई ग्रहण गरि बस्तु बिक्री पछिको सेवालाई ध्यान दिईने बताए । ब्यापारिक केन्द्र रुपमा रहेको धनगढी अन्य तीन शाखाको भन्दा ठूलो लगानीमा संचालन हुन गईरहेको बिबि मार्ट मुख्य शाखा रहेको कार्यकारी प्रमुख ऐरले बताए ।

एक बर्षमा चार शाखा बिस्तार गरेको बिबि मार्टले आगामी बर्षमा यी नै सेवालाई अझै उत्कृष्ट र अझै बिस्वस्नियतासहित बिस्तार हुन लगेका शहर टिकापुर,लम्की,लगायत पहाडी जिल्ला डडेल्धुरा,डोटि,अछाम,बैतडी दार्चुलामा जति छिटो बिस्तार गर्ने योजना रहेको कार्यकारी प्रमुख ऐरले बताए ।

चार शाखाबाट करिव ७५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताए । संस्थाले स्थानीयस्तरमा उत्पादित बस्तुलाई प्राथमिकता दिएको बताए ।

  • 257
    Shares
  •  
    257
    Shares
  • 257
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo