५ असार २०७८, शनिबार

धनगढीमा टाफे ग्रुपको मेसि कम्पनी ट्याक्टरको सोरुम उद्घाटन !

२ बैशाख २०७८, बिहीबार
धनगढीमा टाफे ग्रुपको मेसि कम्पनी ट्याक्टरको सोरुम उद्घाटन  !

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक टाफे ग्रुपको मेसि परगुसन कम्पनीको ट्याक्टरको सोरुमको उद्घाटन गरिएको छ । धनगढीको राजपुरमा टाफे ग्रुपको मेसि परगुसन कम्पनीको ट्याक्टरको  सुदूरपश्चिमको आधिकारिक बिक्रेता हिरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालीको बिहिवार उद्घाटन गरिएको हो ।

भारतको प्रख्यात टाफे ग्रुपको मेसि कम्पनीको ट्याक्टर पहिलो पटक सुदूरपश्चिममा सोरुम संचालनमा ल्याएको प्रबन्ध निर्देशक सुरज सिंहले बताए । प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, बिशिस्ट अतिथी महानायक राजेश हमाल र अन्तरास्ट्रिय   सफटेनिस संघका अध्यक्ष बिनय बिक्रम शाहले उद्घाटन गरिएको प्रबन्ध निर्देशक सिंहले बताए । यस्तै उद्घाटन कार्यक्रममा टाफे लिमिटेडका रिजनल मेनेजर,असिस्टेन्ट एरिया मेनेजर,सिनियर इन्जिनियर लगायतको सहभागी रहेको उनले बताए  ।

मेसि परगुसन ट्याक्टर कृषि र निर्माणमा अत्यधिक उपयोगी, डिजेल र समयको बचत रहेको प्रबन्ध निर्देशक सिंहले बताए । बजारमा टाफे ग्रुपको मेसि फरगुसन कम्पनीको ७२५० को तीन वटा मोडल,९००० को एक मोडल र ९५०० को दुई वटा मोडल रहेको छ । ७२५० मोडलमा नर्मल स्टिरिङ्ग २५०० सिसि,पावर स्टिरिङ्ग २५०० सिसि र पावर अप २६०० सिसि रहेको छ । ९००० मोडल २७०० सिसि ,९५०० मोडलमा नर्मल र ४५ 4WD ट्याक्टर  रहेको हिरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालीले जनाएको छ । उद्घाटन गर्नुभन्दा अगाडि ग्राहक भेटघाट कार्यक्रम तथा मेघा फ्री सर्भिसिंग क्याम्प राखेको थियो ।

यो क्षेत्रका कृषक, निर्माण कम्पनीले मेसि परगुमन कम्पनीको ट्याक्टर सुदूरपश्चिम प्रदेशको आधिकारिक बिक्रेता हरण्य ब्रोदर्स इन्टरप्राईजेज प्रालिबाट सहज रुपमा खरिद गर्न सक्ने हरण्य ब्रदर्स इन्टरप्राईजेज प्रालिले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo