KhabarUjyalo

भागरथी भट्टको बलात्कार तथा हत्याका अभियुक्त सार्वजनिक

६ फाल्गुन २०७७, बिहीबार
भागरथी भट्टको बलात्कार तथा हत्याका अभियुक्त सार्वजनिक

बैतडी : भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले भागरथीकै गाउँ दोगडाकेदार गाउँपालिका–७, चडेपानीको लमकट्टेका किशोर दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो २ः ०० बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर आरोपित भट्टलाई सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तरमराज सुवेदीले घटनासँग तमाम सबुत र प्रमाणका आधारमा भागरथी भट्टको हत्या आरोपमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको बताउनुभयो ।

डीआईजी सुवेदीले भन्नुभयो, “फरेन्सिक रिपोर्ट, युवाको फोनको लोकेशन र बयानका आधारामा पक्राउ गरेका हौं । जिल्ला अदालतमा म्याद थपरेर सरकारी वकिलको रोहबरमा विस्तृत अनुसन्धान अघि बढाईने छ ।”

पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले घटनास्थलको प्रकृति बारे जानकारी दिनुहुँदै भागरथीको टाउँको चोट रहेको, घाँटीमा दबाए जस्तो डाम रहेको, खुट्टाको औलामा घाउँ रहेको र यौनीबाट रगत जस्तो पदार्थ बगेको अवस्थामा शव भेटिएको बताउनुभयो ।

अहिलेसम्मको प्रहरी अनुसन्धान बारे जानकारी दिनहुँदै डीआईजी सुवेदीले आरोपित दिनेश भट्ट अन्तिम विषय नपढी सनातन धार्म माविबाट ०१ः ४५ बजे साथीहरुसँग स्थानीय खोचलेक बजारमा आएको र अन्य साथीलाई छोडेर एक्लै चडेपानी गाउँतर्फ गएको पाईएको खुलेको बताउनुभयो । भागरथी भट्ट २ः बजे विद्यालयबाट फर्केर घरतर्फ जाँदा दिनेशले लडालेक जङ्गलका बाटो ढुकेर भागरथीको हत्या गरेको खुल्न आएको उहाँले बताउनुभयो ।
मृतक भागरथीका दाइले दिएको जाहेरीका आधारमा आरोपित दिनेश भट्टमाथि कर्तव्य ज्यान मुद्दा र बलात्कारको कसुरमा अनुसन्धान अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
घटनामा अरुको पनि संलग्नता रहे नरहेको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा डीआईजी उत्तमराज सुवेदीले अहिले दिनेश भट्टको मात्र संलग्नता देखिएको बताउनुभयो । अनुसन्धानमा थप कुरा खुल्ने उहाँले बताउनुभयो । अनुसन्धानलाई असर नपर्ने गरि थप तथ्य खुलेमा यसरी नै पत्रकार सम्मेलनमार्फत फेरि पनि जानकारी गराउँने डीआईजी सुवेदीले बताउनुभयो ।
घनाको अनुसन्धानमा पारिवारिक रिसईवीबा विषयमा पछि थप कुरा खुल्ने सुवेदीले बताउनुभयो । प्रहरीले लामो अनुसन्धान पश्चात प्रमाणका आधारमा पक्राउ गरेकोले अनावश्यक शङ्का नगर्न पनि डीआईजी सुवेदीले आग्रह गर्नुभएको छ ।

भागरथी हत्याको घटना निर्मलाको जस्तो नहोस् भनेर आफूनै अनुसन्धनमा खटिएर १३ पछि आरोपित सार्वजनिक गरिएको डीआईजी सुवेदीले बताउनुभयो । दोगडाकेदारमा यसअघि पनि हत्याका घटना भएको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo