KhabarUjyalo

छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

२० मंसिर २०८०, बुधबार
छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

परासी : छात्रामाथि निर्घात कुटपिट गर्ने एक शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मुद्दा चलाएको छ।

जिल्लाको सरावल गाउँपालिका-७ बर्गदवास्थित कालिका  इङ्गलिस बोडिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए। उनी सोही विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा हुन्।

शिक्षक यादवले छात्राकोको टाउको, पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए। कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए।

उजुरीका आधारमा प्रहरीले कुटपिट गर्न शिक्षक यादवलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo