KhabarUjyalo

सुनको मूल्य ४०० रूपैयाँले बढ्यो

१३ पुष २०७९, बुधबार
सुनको मूल्य ४०० रूपैयाँले बढ्यो

काठमाडाैँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सय रूपैयाँ तोकिएको छापावाल सुन आज एक लाख ११ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ सय छ ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रूपैयाँ बढेर प्रतितोला एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo