KhabarUjyalo

आज महोत्सवको तेस्रो दिन: टंक तिमिल्सिना र प्रताप दासको बेजोड प्रस्तुति रहने !

२४ मंसिर २०७९, शनिबार
आज महोत्सवको तेस्रो दिन: टंक तिमिल्सिना र प्रताप दासको बेजोड प्रस्तुति रहने !

धनगढी : कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको तेस्रो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने भएको छ ।

कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा आज शनिबार चर्चित युवा गायक टंक तिमिल्सिना र प्रताप दासको बेजोड सांगितिक प्रस्तुति रहने छ । यस्तै थुप्रै स्थानीय कलाकारको प्रस्तुति रह्नेछ ।

महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार र स्थानीय कलाकारको कलाकारहरुको प्रस्तुति रहनेमहोत्सव आयोजकले जनाएको छ ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवमा रमाइलो मेला, स्थानीय उत्पादनका विभिन्न स्टल, कृषि प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, सुदूरपश्चिमका विभिन्न परिकारसहितका स्टल लागेका छन् । महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo