KhabarUjyalo

सुदूरका आशिष महरको ‘भ्वाइस अफ नेपाल’मा एकपछि अर्को धमाका, उत्कृष्ट ९ मा प्रवेश !

२३ मंसिर २०७९, शुक्रबार
सुदूरका आशिष महरको  ‘भ्वाइस अफ नेपाल’मा एकपछि अर्को धमाका, उत्कृष्ट ९ मा प्रवेश !

धनगढी : टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’मा अछामका आशिष महर उत्कृष्ट ९ मा प्रवेश गरेका छन् ।

अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शकको मन जित्दै उत्कृष्ट ९ मा प्रवेश गरेका छन् । शुक्रबार हुड्केली पहिरनमा “झुमा हल्का पिरती” गितमा दर्शक र कोचलाई झुमाएका थिए । दर्शकले हुटिङ गर्दै गित गाउन आग्रह समेत गरेका थिए ।

भोटिङका आधारमा महर उत्कृष्ट ९ मा प्रवेश गरेका छन् । भोलि शनिबारको प्रस्तुतिसङ्गै उत्कृष्ट ४ का लागि भोटिङ हुनेछ । टिम प्रमोदमा रहेका आशिष महरलाई यसरी भोटिङ गर्ने सकिनेछ:-

Khalti App Download गर्नुहोस |
Log in गरि Vote Option मा जानुहोस |
Coach Pramod Select गर्नुहोस ।
त्यसपछि आशिष महरको नाम र फोटोमा थिच्नुहोस् र Vote गर्दा Voting अवधि सम्म हरेक दिन एउटा free vote गर्न सकिनेछ ।

‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo