नयाँदिल्ली । भारतको जालन्धरमा चार जना युवतीले एक पुरुषमाथि सामुहिक बलात्कार गरेका छन् । चार युवतीहरुले ती पुरुषलाई ठेगाना सोध्ने बहानामा रोकेर कारमा सामुहिक बलात्कार गरेका हुन् ।
ती मानिसको अनुहारमा स्प्रे छर्केर पिट्दै गाडीमा राखेर जबरजस्ती मदिरा खुवाएर नशाको हालतमा युवतीहरुले बलात्कार गरेका थिए । आरोपी युवतीहरु २० देखि ३० वर्षका हुन् । पीडित पुरुष एक छाला कम्पनीका मजदुर हुन् । उनी बच्चाबच्चीका पिता हुन् । उनकी पत्नीले भनेपछि पुलिसमा कुनै उजुरी परेको थिएन । तर सामाजिक सञ्जालमा यो खबर भाइरल भएको थियो ।