कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका – १ हात्तीथलाकी ६९ बर्षिया हिरा धानुकको मृत्यु भएको हो ।
मंगलबार दिउँसो सामुदायिक बनमा घाँस दाउरा ल्याउन गएका बेला जङ्गली हात्तीले आक्रमणमा परी घटनास्थलमै उनको मृत्युु भएको बेदकोट नगरपालिका- १ का वडाध्यक्ष रमेश भण्डारीले बताए ।
उनको शवलाई परीक्षणका महाकाली प्रादेशिक अस्पताल लगिएको छ ।