KhabarUjyalo

सुर्खेतमा श्रीमतीको टाउको प्लास्टिकमा लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

२० मंसिर २०७९, मंगलवार
सुर्खेतमा श्रीमतीको टाउको प्लास्टिकमा लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

सुर्खेत : सुर्खेतमा श्रीमानले श्रीमतीको घाँटी रेटी हत्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालय पुगेका छन्।

मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। 

प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ ।

प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo