धनगढीः कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ। मंसिर १८ गते गोदावरी नगरपालिका ९ को सेहरी जंगलमा बालिकामाथी सामुहिक बलात्कार भएको हो।
बलात्कारको आरोपमा गोदावरी ९ का १९ वर्षीय बिनोद खत्री र सोही ठाउँका २४ वर्षीय नविन चौधरी पक्राउ परेका छन्। मंगलबार बालिकामाथि बलात्कार भएको जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए।
बालिकाको स्वास्थ्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइए छ। आरोपितलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको पाण्डेले बताए।