काठमाडौँ । सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र सङ्कटमा भएको बेला नै पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको एक मन्त्रीले बताए ।
आयात प्रतिबन्ध लगाएका बस्तुहरू खुलाउन मुख्य सचिवको संयोजकत्वमा बनेको अध्ययन समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिससँगै सरकारले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो ।