KhabarUjyalo

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु

१९ मंसिर २०७९, सोमबार
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु

काठमाडौँ- सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरु भएको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनेक्रमसँगै गठबन्धन दलका नेताहरुको बैठक बसेको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निर्वाचन पछिको पहिलो औपचारिक बैठक हो ।

निर्वाचन परिणामको समीक्षा र आगामी सरकार गठनका तयारीका बारेमा बैठकमा छलफल हुने नेताहरुले जानकारी दिनुभएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडैल सहभागी हुनुहुन्छ ।

यसैगरी, नेपाली काँग्रेसका नेताहरु रामचन्द्र पौडैल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का पनि बैठकमा सहभागी हुनुहुन्छ ।

यसैगरी माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ र एकिकृत समाजबादीका बेदुराम भूषाल लगायतका शीर्ष नेताहरु पनि बैठकमा हुनुहुन्छ 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo