धनगढी । बैतडीको पञ्चेश्वरकी माया लुहारको हत्या आरोपमा महेन्द्रनगरबाट पक्राउ परेका २२ वर्षीय भरतराम कोलीले प्रेममा धोका पाएपछि हत्या गरेको बयान दिएका छन् । गत मंसिर १४ गते शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी माया लुहारको हत्या गरेको स्वीकार गर्दै उनले यस्तो बयान दिएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए । प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर गएका हुन् । कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो