महोत्तरी : विद्यालयको अनुशासन तोडेर सडक जाम गरि सर्वसाधरणलाई दुःख दिएको भन्दै गौशाला नगरपालिकाका एक सय विद्यार्थी कारवाही गरेको छ । आइतबार सडक जाम गरेर सर्वसधारणलाई दुःख दिने अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरले कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीलाई कारवाही गरेको हो।
विद्यार्थीका अभिभावकलाई विद्यालयमै बोलाएर मेयर डा.दीपेन्द्र महतोले अनुशासनको हकमा कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले बताए ।
विद्यार्थीहरुले शिक्षकको माग गर्दै औरही–गौशाला सडक खण्डमा टायर बाल्दै चक्का जाम गरी प्रदर्शन गरेका थिए असारमै नगरपालिबाट भर्ना गरिएका ४ जना करारका शिक्षकको समयावधि सकिएपछि विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको थियो ।