KhabarUjyalo

देउवालाई ओलीको सन्देश : प्रधानमन्त्री बन्नुस्, सत्ता सहकार्य गरौँ

१८ मंसिर २०७९, आईतवार
देउवालाई ओलीको सन्देश : प्रधानमन्त्री बन्नुस्, सत्ता सहकार्य गरौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाउनुभएको छ ।

कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।

सिंहको सचिवालयका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुग्नुभएको हो । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

ओलीसँग भएको कुराकानीबारे सिंहले बुधबार साँझ बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गर्नुभएको थियो । वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo