KhabarUjyalo

माया हत्या प्रकरण: सशस्त्रका जवान महेन्द्रनगरबाट पक्राउ

१८ मंसिर २०७९, आईतवार
माया हत्या प्रकरण: सशस्त्रका जवान महेन्द्रनगरबाट पक्राउ

बैतडी, १८ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की२१ वर्षीया माया लुहार प्रकरणका आरोपी महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको अभियोगमा शिवनाथ गाउँपालिका-४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

प्रहरी निरीक्षक पन्तले पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने बताए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन । पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo