७ माघ २०७८, शुक्रबार

अत्तरियामा सञ्चालनमा आयो हेलो मार्टको तेस्रो शाखा, समान खरिद गर्दा कालिज सित्तैमा !

९ पुष २०७८, शुक्रबार
अत्तरियामा सञ्चालनमा आयो हेलो मार्टको तेस्रो शाखा, समान खरिद गर्दा कालिज सित्तैमा !

धनगढी । हेलो मार्ट तेस्रो शाखा अत्तरियाको महेन्द्रनगर रोडमा सञ्चालनमा आएको छ। उक्त मार्ट शुक्रबार एमालेका सचीव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका हुन् ।

१५ करोडको लगानीमा संचालनमा आएको मार्टबाट ग्राहकहरुले आफूले चाहेको गुणस्तरीय सामग्री सुपथ मूल्यमा सहज रुपमा पाउन सक्ने र स्थानीय स्तरमा उत्पादित बस्तुलाई प्राथमिकता दिदै ग्राहकहरुको जति सक्दो सन्तुष्टि दिने लक्ष्यका साथ मार्ट संचालनमा ल्याएको सञ्चालक झपट बोहराले बताए।केहु समयमा सुदूरपश्चिममा ७ वटा मार्ट र काठमाडौंमा ३ वटा मार्ट सञ्चालनमा ल्याउने उदेश्य रहेको उनले बताए।

मार्टमा विशेष गरेर अर्गानिक तरकारी तथा फलफूल, सुन्तला, स्याउ दुध, कुखुरा,कालिज लगायत स्थानीय स्तरमै उत्पादन गरिएका बस्तुसहित दैनिक उपभोग्य बस्तु, किचनका समान,कस्मेटिक तथा गिफ्ट र पेय पदार्थको सेवा रहने संचालक बोहराले बताए । जन्मोत्सव,बिबाह पार्टी लगायतमा गिफ्ट स्वरुप मार्टबाट कुपन लिएर चाहेको बस्तु खरिद सकिने पनि बताए ।

यस्तै मार्ट उद्घाटन पछि एमालेका सचीव लेखराज भट्टले राजनीति सङ्गै ब्यवसाय गर्दा आत्मनिर्भर हुने केहिलाई प्रत्यक्षरुपमा रोजगार सिर्जना गर्न सकिने बताए । ग्राहकलाई मार्ट एकदमै सहज र शुलभ हुने गरेको बताए ।

मार्ट उद्घाटनको अवसरमा गिफ्ट र किचनको समानमा २० प्रतिशत छुट,फुड एण्ड बेवरेजमा ८ प्रतिशत,पेय पदार्थमा ५ प्रतिशत छुट रहने मार्टले जनाएको छ ।

यस्तै ५० हजारको समान खरिद गर्दा कालिज सितैमा र २ हजारको समान खरिदमा एक केजी चिनी सितैमा रहेको छ । मार्टले नि:शुल्क होम डेलिभरीको व्यवस्था गरेको मार्टले जनाएको छ ।

बुधबार मुख्य मार्ट धनगढीको ट्राफिक चौराह नजिक र क्याम्पस चोकमा मार्टको शाखा संचालनमा आएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo