KhabarUjyalo

भारतमा एकैदिन १७ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण

२० मंसिर २०७८, सोमबार
भारतमा एकैदिन १७ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण

काठमाण्डाै  – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ ।

हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो ।

भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo