KhabarUjyalo

कांग्रेसको ६ प्रदेशको नतिजा सार्वजनिक : देउवा-सिटौला ४, पौडेल २ वटा प्रदेशमा विजय

२० मंसिर २०७८, सोमबार
कांग्रेसको ६ प्रदेशको नतिजा सार्वजनिक : देउवा-सिटौला ४, पौडेल २ वटा प्रदेशमा विजय

काठमाण्डाै – कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश-१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी हुनुभएको छ ।

सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८४२ मत प्राप्त गर्नुभएको हो । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र वाग्मतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।

यस्तै गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । प्रदेश-२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश-२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सातवटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo