KhabarUjyalo

तरुण दल केराबारीद्वारा बेसहारा बनेकी मन्जितालाई आर्थिक सहयोग

१९ मंसिर २०७८, आईतवार
तरुण दल केराबारीद्वारा बेसहारा बनेकी मन्जितालाई आर्थिक सहयोग

मोरङ : तरुण दल केराबारीले छात्रवृत्ति कार्यक्रम अन्तरगत एक बेसहारा बालिकालाई आर्थिक सहयोग गरेको छ । लक्ष्मी मावि भलुवामा कक्षा २ मा अध्यनरत केराबारी वडा ९ की बालिका मन्जिता अधिकारीलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत पाँच हजार सहयोग गरेको तरुण दल केरावारीका अध्यक्ष पप्पु साहले जानकारी दिए ।

पढाईमा अब्बल रहेकी अधिकारी आमाबुबा सम्पर्कविहिन हुँदा घरको आर्थिक अवस्था एकदमै दयनीय रहेको र पठनपाठन समस्या भएको हुँदा तरण दल केरावारीले केही आर्थिक सहयोग गरेको अध्यक्ष साहले जानकारी दिए ।

अहिले उनका मामाले दैनिक ज्यालादारी गरेर भएपनि आफ्नी भान्जीलाई पढाइ र पालनपोषण गर्दै आएका छन् । रहेका छन। अधिकारी पढाई अब्बल रहेकी छन् ।आइतबार तरुण दल केराबारीका कोषाध्यक्ष रेनु लिम्बूले एक कार्यक्रमका बिच छात्रवृत्ति रकम प्रदान गरेकी हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo