KhabarUjyalo

धनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्न

१६ मंसिर २०७८, बिहीबार
धनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्न

धनगढी। नेपाल क्रिटिकल केयर फाउण्डेसन, उज्वल फाउण्डेसन र निसर्ग हस्पिटलको सहकार्यमा दुइ दिने ‘बेसिक फर नर्स’ तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न अस्पतालका ४० जना नर्सहरूको सहभागिता थियो ।

सो तालिम युनिभर्सिटी अफ हङकङबाट मान्यता प्राप्त तालिम हो भने क्रिटिकल केयर नर्स यसोसियसन अफ नेपालबाट अनुमोदन भएको हो।

नेपाल क्रिटिकल केयर फाउन्डेसनले यस्तो तालिम देशका विभिन्न स्थानमा गर्दै आए पनि धनगढीमा भने पहिलोपटक सञ्चालन गरेको हो।

यो तालिमले आईसीयूमा काम गर्दा चाहिने सीपलाई समाबेस गरिएको आयोजकले बताएको छ। निसर्ग हस्पिटलका एनेस्थेसियोलाजिस्ट डा हेमन्त ओझाले यो तालिमले नर्सहरूको क्षमता वृद्धिमा थप मदत मिल्ने बताए। तालिम धनगढीको होटेल डिभोटीमा सञ्चालन गरिएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo