KhabarUjyalo

डोटीमा एक युवकको शव सडकको नालीमा भेटियो

१२ मंसिर २०८०, मंगलवार
डोटीमा एक युवकको शव सडकको नालीमा भेटियो

डोटी । डोटीमा एक युवकको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका ५ पुन्नामा शव फेला परेको हो ।

मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय समीर भट्ट रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान उनको शव नालीमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिए ।

मृतक भट्टका आफन्तले हत्या गरेर सडकको नालीमा शव फालेको दाबी गर्दै हत्याराको खोजी गर्न आग्रह गरेका छन् । मृतक भट्टको टाउकोमा चोट लागेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo