धनगढीः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो।
सोमबार दिउँसो करिव ५ बजे गोदावरीको बुढितोलामा से १ ख १४३८ नम्बर ट्रक दुर्घटनामा परि घटनास्थलमै अन्दाजी ३६ बर्षिया महिलाको मृत्यु भएको छ भने १३ घाइते भएको जनाएको हो ।
दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षिय ललिता सारू, पाँच वर्षिय आर्यान सारू, दुई वर्षिय आरसी सारू, ४० वर्षिय हुकुम विक, १४ वर्षिय जिवन विक, ६० वर्षिय रंग कामी, २५ वर्षिय २५ भरत मल्ल, १८ वर्षिय भुवन मडै, २८ बर्षिय यादव रावल, ४० वर्षिय राम बहादुर रावत घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै १२ वर्षिय बिपिन विक, ३६ बर्षिय टेक बहादुर सारू, ३४ वर्षिय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ ।
मिनि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।