KhabarUjyalo

बिरालो मार्न गएका हरिबहादुर मृत भेटिए

४ मंसिर २०८०, सोमबार
बिरालो मार्न गएका हरिबहादुर मृत भेटिए

विर्तामोड। झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

स्थानीय एसबीआई इटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

गएराति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किनुभएको थियो । उहाँ घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उहाँका श्रीमती, एक छोरी र एक छोरा छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उहाँको मानसिक सन्तुलन ठीक थिएन । घटनासम्बन्धीमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo